Logo

अर्थ

डिजेल र मट्टितेलको मूल्य घट्यो (विज्ञप्ति सहित)



काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।

निगमले आइतबार साँझ विज्ञप्ति प्रकाशित गरी डिजेल र मटिट्तेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य घटेको जनाएको छ। पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।

यस्तै, हवाई इन्धनमा आन्तरिकतर्फ १ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि ७ अमेरिकी डलर घटेको छ ।

इन्डियन आयल कर्पोरेसनले मूल्य समायोजन गरेर पठाएको भन्दै निगमले खुद्रा मूल्यमा हेरफेर गरेको हो ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आईतवार २२:३४   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।