Logo

अर्थ

दिनदिनै नयाँ रेकर्ड बनाउँदै सुनकाे मूल्य, आज २ लाख ५ हजार नाघ्यो



काठमाडौं । प्रतितोला २ लाख नाघेपछि सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड बन्न थालेको छ । आज सोमबार सुनकाे मूल्य २ हजार बढेसँगै अर्को उच्च रेकर्ड बनेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार २ लाख ६ सय रुपैयाँ पुगेको सुन आइतबार ३ हजार बढेर २ लाख ३ हजार ६ सय पुग्यो । यी दुवै दिन सुनको मूल्यले नयाँ रेकर्ड राखेकाे थियो ।

आज प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको छ ।

चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिन प्रतितोला २४२५ रुपैयाँ रहेको चाँदी आज २४७० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार ११:३८   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।