काठमाडौं । सामसङ नेपालले दशैंलाई लक्षित गर्दै ‘दशैंको मुड, सबै गुड’ नामक विशेष अफर सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले सामसङका टिभी, रेफ्रिजरेटर र वाशिङ मेसिनको खरिदमा आकर्षक छुट, उपहार र विशेष सुविधाहरू पाउनेछन् ।
यो अफर भदौ २५ देखि असोज २४, २०८२ सम्म नेपालभरका सामसङका आधिकारिक विक्रेताहरूमाझ लागू हुने कम्पनीले जनाएको छ ।
ग्राहकहरूले नियो क्यूलिड, क्यूलिड, फुल एचडी र एचडी टिभीको खरिदमा ३५ प्रतिशतसम्मको क्यासब्याक प्राप्त गर्नेछन् ।
साथै, छानिएका ७५ इन्च र ८५ इन्चका क्युलिड टिभी खरिद गर्दा निःशुल्क साउन्डबार उपहार स्वरूप पाइनेछ । यसका अतिरिक्त, कम्पनीले ३ वर्षको फुल वारेन्टी र निःशुल्क जडान सुविधा पनि उपलब्ध गराएको छ ।
सिङ्गल-डोर, डबल-डोर र साइड-बाइ-साइड रेफ्रिजरेटरहरूमा १९ प्रतिशतसम्मको क्यासब्याक रहेको छ । ७०० लिटरभन्दा माथिका साइड-बाइ-साइड मोडेल खरिद गर्ने ग्राहकले उपहारमा माइक्रोवेभ ओभन पाउनेछन् ।
टप-लोड र फ्रन्ट-लोड वाशिङ मेसिनमा २४ प्रतिशतसम्म क्यासब्याक पाइनेछ । साथै, निश्चित मोडेलको खरिदमा ६ केजीसम्म सर्फ एक्सेल म्याटिक डिटर्जेन्ट उपहार स्वरूप प्रदान गरिनेछ । रेफ्रिजरेटर र वाशिङ मेसिनको डिजिटल इन्भर्टर टेक्नोलोजीमा २० वर्षको वारेन्टी र निःशुल्क जडान सुविधा पनि उपलब्ध छ ।
ग्राहकहरूको सुविधाका लागि सामसङले शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीको व्यवस्था पनि गरेको छ । नागरिकताको प्रतिलिपि बुझाएरै सामसङ इन्स्टा फाइनान्स मार्फत यो सुविधा लिन सकिनेछ ।




















प्रतिक्रिया