Logo

अर्थ

डिशहोमका ग्राहकलाई मेलुङ थकालीमा १० प्रतिशत छुट



काठमाडौं । डिशहोमले नेपालकै लोकप्रिय थकाली ब्रान्ड मेलुङ थकालीसँग साझेदारी गर्दै आफ्ना ग्राहकका लागि विशेष सुविधा सुरु गरेको छ । सम्झौताअनुसार डिशहोम प्रयोगकर्ताले अब मेलुङ थकालीका सबै आउटलेटहरूमा १० प्रतिशत छुट पाउने भएका छन् ।

डिशहोमका सक्रिय ग्राहकहरूले ‘माई डिशहोम’ एपमा रहेको भर्चुअल प्रिभिलेज कार्ड देखाएर यो सुविधा लिन सक्नेछन् ।

यो छुट सुविधा काठमाडौं उपत्यकाका एअरपोर्ट, गठ्ठाघर, बानेश्वर, बौद्ध र बालुवाटारस्थित मेलुङ थकालीका सबै शाखामा उपलब्ध हुनेछ ।

साझेदारी सम्बन्धी सम्झौतापत्रमा डिशहोमका तर्फबाट सबिन महर्जन र मेलुङ थकालीका सह-संस्थापक बसन्त लामाले हस्ताक्षर गरे । डिशहोमका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले यो सहकार्यले ग्राहकको दैनिक जीवनमा थप मूल्य प्रदान गर्ने बताए ।

डिशहोमले भर्चुअल प्रिभिलेज कार्डमार्फत डाइनिङ, यात्रा र अन्य जीवनशैली क्षेत्रमा आफ्ना ग्राहकलाई विशेष छुटहरू प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार १२:३४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।