Logo

अर्थ

अगस्टमा भित्रिए ८८ हजार ६८० पर्यटक, गत वर्षको तुलनामा २२ प्रतिशत वृद्धि



काठमाडौं । नेपालमा सन् २०२५ को अगस्ट महिना मात्रै ८८ हजार ६ सय ८० पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्षको तुलनामा यस वर्षको अगस्टमा २२ प्रतिशत पर्यटक वृद्धि भएको देखिएको हो ।

बोर्डको तथ्याङ्कअनुसार भारतबाट ३५ हजार ५०५, चीनबाट ७ हजार ५३३, अमेरिकाबाट ६ हजार ६८, श्रीलङ्काबाट ५ हजार ९५६ र बङ्गलादेशबाट ४ हजार २६२ पर्यटक भित्रिएका छन्।

सन् २०२५ को ८ महिनाको अवधिमा सात लाख ३६ हजार पाँच सय ६२ पर्यटक भित्रिएको पर्यटन बोर्डले जनाएको छ । गत जुलाईमा नेपालमा ७० हजार १९३ पर्यटक भित्रिएका थिए ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार १६:३९   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।