Logo

अर्थ

‘एनआईसी एशिया इक्विटी लिङ्क्ड इन्भेष्टमेन्ट स्किम’को इकाई बाँडफाँड



काठमाडाैं । एनआईसी एशिया बैंक लिमिटेड कोष प्रवद्र्घक तथा एनआईसी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको ‘एनआईसी एशिया इक्विटी लिङ्क्ड इन्भेष्टमेन्ट स्किम’को इकाई बाँडफाँड भएको छ ।

गत साउन २९ गतेदेखि भदौ १२ गतेसम्म निष्कासन गरिएको यो योजना भदौ १६ गते बाँडफाँड गरिएको हो । १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई बीज योजना व्यवस्थापकलाई सुरक्षित राखि बाँकी रहने ८ करोड ५० लाख इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणहरुमा ५ करोड इकाई निष्कासन गरिएको थियो ।

उक्त अवधिभर रितपूर्वक आवेदन दिएकालाई बीजपूँजी समेत बाँडफाँड गरिएको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलवार १०:२४   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।