काठमाडाैं । नेपालले आइसिसी टि ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सामोआसँगको अन्तिम खेलमा पहिले ब्याटिङ गर्ने भएको छ ।
सामोआले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्न लागेको हो ।
छनोटमा करण केसी र आरिफ शेख पहिलो पटक खेल्ने मौका पाएका छन् । ललित राजवंशीले पनि आज पुनरागमन गरेका छन् । अघिल्लो खेलका सोमपाल कामी, कुशल मल्ल र आदिल आलमलाई आजको खेलमा आरम दिएको छ । बाँकी ८ जना यथावत रहेका छन्।




















प्रतिक्रिया