काठमाडौं । तिहार बिदामा पनि सर्वोच्च अदालत खुला हुने भएको छ । ३ कात्तिकदेखि ७ गतेसम्म भाइटीका र शनिबार बाहेक खुला रहने अदालतको प्रशासन शाखाले जनाएको छ ।
यसवर्षको भाइटीका ६ कात्तिकमा छ ।
‘दिपावली २०८२ को उपलक्ष्यमा मिति २०८२/७/३ देखि ऐ. ७ गतेसम्म सर्वोच्च अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने भाइटीका र शनिबारको दिन बाहेक अन्य दिनहरूमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११:०० बजेदेखि अपरान्ह ३:०० बजेसम्म अदालत खुला रहने हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ अदालतको प्रशासन शाखाले जारी गरेको सूचनामा उल्लेख छ ।




















प्रतिक्रिया