Logo

खेलकुद

अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य



काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य दिएको छ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको अमेरिकाले पूरा ५० ओभर खेलेर ६ विकेटको क्षतिमा २६२ रन बनाएको हो ।

अमेरिकाका लागि स्मित पटेलले ७५ रन जोडे । उनलाई करण केसी र सोमपाल कामीले मिलेर रनआउट गरेका थिए । पटेल र साइतेजा मुक्कामल्लाले ९५ रनको पार्टनरसिप गरे । मुक्कामल्लाले ४२ रन बनाए ।

मिलिन्द कुमारले अर्धशतकीय पारी खेले । उनले ५० बलमा ६ चौका र २ छक्को सहयोगमा ७० रन जोडे ।

नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिँदा सोमपाल, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिए ।

 

प्रकाशित मिति : ९ कार्तिक २०८२, आईतवार १५:०१   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।