Logo

प्रमुख समाचार

डिआइजी बढुवामा अन्याय गरिएको भन्दै राजीनामाको तयारीमा एसएसपी अधिकारी



डिआइजी बढुवामा अन्याय गरिएको भन्दै एसएसपी विश्व अधिकारीले राजीनामा दिने तयारी गरेका छन् ।

बढुवा नियुक्तिमा पहिलो नम्बरमा रहेका उनलाई जेनजी आन्दोलनमा दमन गरेको भन्दै डिआइजी बढुवामा छुटाइएको छ ।

आइतबार गृह मन्त्रालयले ५ एसएसपीलाई डीआईजी बढुवा सिफारिस गर्दा अधिकारी छुटेका हुन् ।

उनी जेनजी आन्दोलनका क्रममा काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारीमा रहेका थिए ।

जेनजी आन्दोलनमा भएको दमनको छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले छानबिन नगर्दै आफूलाई अन्यायपूर्वक बढुवा नगरिएको गुनासो अधिकारीले आफू निकटसँग गरिरहेका छन् ।

बढुवामा विभेद गरिएको भन्दै असन्तुष्ट रहेका उनले राजीनामा दिने तयारी गरेको उनी निकट स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार १९:४३   :  बजे

825
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।