Logo

प्रमुख समाचार

उपचारको लागि भन्दै देउवा दम्पती सिंगापुर जाँदै



भदौ २४ गतेको जेनजी आन्दोलनकारीको कुटपिटबाट घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सोमवार सिंगापुर जान लागेका छन् ।

उपचारको लागि भन्दै पत्नी आरजूसँगै देउवा सिंगापुर जान लागेको कांग्रेस मुख्यसचिव कृष्ण प्रसाद पौडेलले पुष्टि गरे ।

पूर्णबहादुर खड्कालाई कांग्रेसको कार्यवाहक सभापति बनाउने बेलामा देउवाले निकटवर्तीसँग उपचारका लागि विदेश जानु परेको कारण दर्साएका थिए ।

चिकित्सकको सल्लाहअनुसार उपचारका लागि विदेश जानु पर्ने भएको भन्दै देउवा दम्पतीले असोज ३ गते राहदानी समेत निकालेका थिए ।

बूढानीलकण्ठको घर जल्दा उनीहरूको राहदानी जलेको थियो । भदौ २४ गते प्रदर्शनकारीबाट आफ्नै घरमा कुटिएका देउवाको टाउकोमा १२ वटा टाँका लगाउनु परेको थियो ।

भदौ २४ को घटनापछि देउवा एकैपटक असोज २९ गते पार्टी कार्यालयमा देखा परेका थिए ।

काठमाडौंबाट सिंगापुर एयरलाइन्सको फ्लाइट राति ११ बजेर २० मिनेटमा रहेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार २२:२९   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।