मनाङ । मनाङ जिल्लामा निरन्तर वर्षा र माथिल्लो भेगमा भारी हिमपात भएपछि जिल्ला प्रशासन कार्यालय मनाङले पदयात्रा तथा हिमाल आरोहण नगर्न आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले मंगलबार एक सूचना जारी गर्दै जिल्लामा तथा सो हुँदै गरिने पदयात्रा र हिमाल आरोहण कार्य तत्कालका लागि स्थगित गर्न आग्रह गरेका हुन्।
उनका अनुसार, जल तथा मौसम विज्ञान विभागले कार्तिक १० गते जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा निरन्तर वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ।
सूचनामा भनिएको छ,’सम्भावित जोखिमलाई ध्यानमा राखी यस जिल्लामा वा यस हुँदै गरिने पदयात्रा तथा हिमाल आरोहण नगर्नुहोस्/नगराउनुहोस्।’





















प्रतिक्रिया