काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं उपत्यकाबाहिर जान नपाउने गरी स्थानहद तोकिएकोविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ ।
अधिवक्ता डा. प्रेमराज सिलवालले पेस गरेको रिट निवेदनमाथि अध्ययन भइरहेको छ ।
जेनजी आन्दोलनका घटनापछि बनेको जाँचबुझ आयोगको सिफारिसमा सरकारले ओलीलाई उपत्यकाबाहिर जान र राहदानी प्रयोग गर्न रोक लगाएको थियो ।




















प्रतिक्रिया