काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले यूएईलाई २३४ रनको लक्ष्य दिएको छ ।
आईसीसी एकेडेमी ग्राउण्डमा टस जितेर ब्याटिङ थालेको नेपालले अन्तिम बलमा अलआउट हुँदै २३३ रन बनायो ।
कप्तान रोहित पौडेलले १३० बलमा १०९ रन बनाए । ओडिआईमा उनको यो दोस्रो शतक हो । त्यस्तै आसिफ शेखले ३५, आरिफ शेखले २७ तथा दीपेन्द्रसिंह ऐरीले २३ रन बनाए ।
यूएईका लागि जाहिद अलीले ६ ओभरमा ४१ रन दिएर ४ विकेट लिए । जुनेद सिद्दिकीले १० ओभरमा ५४ रन दिएर ३ विकेट लिए । मुहम्मद रोहिद र हैदर अलीले १-१ विकेट लिए ।




















प्रतिक्रिया