Logo

प्रमुख समाचार

ओली र लेखकको स्थानहदविरुद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार



काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई सरकारको अनुमतिविना काठमाडौं उपत्यका बाहिर जान नपाउने निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

न्यायाधीश नृपध्वज निरौलाको इजलासले उनीहरूलाई स्थानहद तोकिएको कारणबारे सरकार र जाँचबुझ आयोगसँग लिखित जवाफ माग्ने आदेश दिएको हो।

अधिवक्ता डा. प्रेमराज सिलवालले ओली र लेखकमाथि गरिएको स्थानहद असंवैधानिक भएको भन्दै रिट दायर गरेका थिए।

जेन–जी आन्दोलनमा भएको दमन र त्यसपछिको आगजनी घटनाबारे छानबिन गर्न बनेको आयोगको सिफारिसमा सरकारले ओली, लेखक र तत्कालीन काठमाडौं सीडीओ छविराज रिजाललाई उपत्यका बाहिर जान नदिने निर्णय गरेको थियो।

 

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार १५:५०   :  बजे

324
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।