काठमाडौं । लुम्बिनी लायन्सले एनपिएलको संघारमा आफ्नो अफिसियल एन्थम (गीत) ‘स्याबास!’ सार्वजनिक गरेको छ । बुद्ध दर्शन र खेललाई एउटै बिम्बमा उनिएको यो कवितात्मक एन्थममा नवराज पराजुलीको शब्द र स्वर रहेको छ ।
यो एन्थम मुख्यत दर्शकको भावबाट लेखिएको सर्जक नवराज पराजुलीले बताए। मैदानमा हुने ११ जना खेलाडीजस्तै मैदानबाहिरका दर्शक पनि खेलमा होमिएका हुन्छन् । ती दर्शकलाई बाह्रौँ खेलाडीको रुपमा एन्थममा समेटिएको छ ।
सर्जक भन्छन्, ‘जब लुम्बिनी लायन्सको खेल भइरहेको हुन्छ, त्यसबेला दर्शकहरुले आफ्नो टिमलाई जे भन्न मन लाग्छ, एन्थममा ती पंतिहरू समेटिएका छन्।’ बुद्ध दर्शनमा भएको ध्यान र स्वासको महानतालाई खेलको भाषामा एन्थममा प्रस्तुत गरिएको छ ।
एन्थमको संगीत संयोजन उज्वल सागरले गरेका हुन् । लिरिकल भिडियोको निर्माण विवेक निशानीले गरेका हुन् । एनपिएलको ट्रफी टूरको क्रममा लुम्बिनीमा भएको विशेष कार्यक्रममा सो एन्थम सार्वजनिक गरिएको थियो ।




















प्रतिक्रिया