Logo

खेलकुद

नेपाल प्रिमियर लिग: मार्टिन गुप्टिलले दोस्रो सिजन पनि विराटनरबाट खेल्ने



काठमाडौं । नेपाल प्रिमियर लिगको दोस्रो सिजनका लागि विराटनगर किङ्सले न्युजिल्यान्डका विश्वप्रसिद्ध क्रिकेटर मार्टिन गुप्टिललाई निरन्तरता दिने भएको छ ।

गुप्टिल विस्फोटक ब्याटिङका कारण परिचित छन् । न्युजिल्यान्डका तर्फबाट उनले आईसीसी विश्वकप र टी-२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै टिमका प्रमुख खेलाडीको भूमिका निभाएका थिए ।

विशेषगरी सन् २०१५ को विश्वकपमा वेस्ट इन्डिजविरुद्ध उनले अविजित २३७ रनको कीर्तिमान बनाएर एकदिवसीय क्रिकेट इतिहासमा अविस्मरणीय क्षण सृजना गरेका थिए ।

इन्डियन प्रिमियर लिग र क्यारेबियन प्रिमियर लिग लगायतका विश्वका प्रतिष्ठित फ्रेन्चाइज लिगहरूमा खेलेको अनुभवले उनले यसपालि पनि विराटनगर किङ्सलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

उनको आगमनले विराटनगर किङ्सको ब्याटिङ लाइनअप बलियो बनाउनेछ र विशेषगरी पावरप्लेमा टोलीलाई आक्रमक सुरुवात दिलाउने विश्वास गरिएको छ । इनिङ्स एंकर गर्न र खेल समापन गर्ने गुप्टिलको क्षमता सिजनभर टोलीका लागि निर्णायक हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार १२:४७   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।