Logo

प्रमुख समाचार

ऊर्जा मन्त्री कुलमानको निर्णयविरुद्ध अदालत पुगे हितेन्द्र शाक्य



काठमडौँ । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य उत्प्रेषणको आदेश माग गर्दै सर्वोच्च अदालत गएका छन् ।

सोमबार शाक्यले अदालतमा रिट दायर गरेका हुन् । शाक्यलाई अघिल्लो सरकारले चार वर्षका लागि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारका ऊर्जा मन्त्री कुलमान घिसिङले शाक्यलाई सरुवा गरेका थिए ।

प्राधिकरणबाट सरुवा गरेर शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको विशेषज्ञ पदमा सरुवा गरेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार १९:०६   :  बजे

315
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।