Logo

प्रमुख समाचार

पूर्व ऊर्जामन्त्री खड्काको कम्पनीलाई सात दिनभित्र बक्यौता तिर्न चेतावनी, बक्यौता नतिरे सम्पूर्ण जफत गरिने



काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले आफ्नै स्वामित्वमा रहेको जग्गा र सोमा बनेका संरचना प्रयोगकर्तालाई सात दिनभित्र बहालको बक्यौता तिर्न ताकेता गरेको छ ।

बक्यौता नतिरे सम्पूर्ण भवन तथा सामान जफत गरिने चेतावनी पनि सार्वजनिक गरिएको छ ।

नेपाल स्काउटले सार्वजनिक गरेको सूचनामा उल्लेख छ कि स्काउटको जग्गा र संरचना पूर्व ऊर्जामन्त्री दीपक खड्काको स्वामित्वमा रहेको “खड्का ल्याण्ड डेभलपमेन्ट प्रा लि” ले भाडामा सञ्चालन गर्दै आएको छ ।

तर कम्पनीले लामो समयदेखि भाडा चुक्ता नगर्दा स्काउटलाई अपूरणीय क्षति पुगेको बताइएको छ। त्यसैले स्काउटले सात दिनभित्र बक्यौता तिर्न अन्तिम मौका प्रदान गरेको छ ।

सूचनामा भनिएको छ –उक्त समयावधिभित्र बहाल तिर्न नआएमा नेपाल स्काउट र खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिबीच भएको सम्झौताको बुँदा नं. ४ बमोजिम तथा मुलुकको देवानी संहिता २०७४ को परिच्छेद १२, दफा ६१९, ६२०(४) र ६२१ अनुसार जग्गामा बनेका सम्पूर्ण भवन तथा सामान जफत गरिनेछ।”

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार २१:४३   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।