Logo

प्रमुख समाचार

स्वर्णलक्ष्मी सहकारी ठगीका फरार प्रतिवादी ज्ञानबहादुर बम्जन पक्राउ



काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका फरार अभियुक्त ज्ञानबहादुर बम्जनलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुलीको दुधौली नगरपालिका घर भएका बम्जनलाई काठमाडौं जिल्ला प्रहरी परिसरको टोलीले सोह्रखुट्टेबाट पक्राउ गरेको हो ।

परिसरका एसपी पवनकुमार भट्टराईका अनुसार बम्जन “जेनजी आन्दोलन” का क्रममा हिरासतबाट फरार भएका थिए । उनी स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा कालीमाटीस्थित परिसरको हिरासतमा राखिएका थिए ।

बम्जन सहकारीका प्रमुख आरोपी जीबी राईका जेठान हुन्। उनी यसअघि पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा समेत संलग्न रहेको पाइएको छ । सो प्रकरणमा अदालतले १० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

प्रहरीले बम्जनलाई पुनः हिरासतमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आईतवार १२:५०   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।