Logo

अर्थ

सिप्रदी ट्रेडिङकाे टाटा गाडी व्यापार ३० प्रतिशत बढ्यो, एकैवर्ष २४ अर्बको कारोबार



काठमाडौं । नेपाली बजारमा टाटा ब्रान्डको सवारी साधन आयात गरी बिक्री वितरण गर्दै आएको सिप्रदी ट्रेडिङको व्यापार ३० प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनमा सन् २०२५ मा ३० प्रतिशतले बढेको हो ।

सिप्रदीले सन् २०२५ मा २४ अर्ब ८ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । यो गत वर्ष सन् २०२४ को तुलनामा २९.५८ प्रतिशत बढी हो । गत वर्ष पनि कम्पनीले १८ अर्ब ५८ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।

कम्पनीले सन् २०२३ मा १८ करोड ३० करोड ४० लाख रुपैयाँ, सन् २०२२ मा २८ अर्ब ९५ करोड ५० लाख रुपैयाँ र सन् २०२१ मा २५ अर्ब ४१ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो ।

गत आवमा कम्पनीले गरेको व्यापारमध्ये ६९ प्रतिशत व्यापार व्यवसायिक सवारी साधनबाट भएको छ । साथै, उक्त सवारी साधनको सेग्मेन्टले नेपाली बजारको ६० देखि ६५ प्रतिशत हिस्सा ओगटेको कम्पनीले जनाएको छ ।

कम्पनीले पेट्रोलियम पदार्थको सवारी साधनसँगै विद्युतीय सवारी साधनको पनि व्यापार गर्दै आएको छ ।

सन् १९७९ मा स्थापना भएको कम्पनी टाटा ब्रान्डको सवारी साधन आयात तथा बिक्री गर्ने नेपालको लागि आधिकारिक बिक्रेता हो ।

कम्पनीले सन् १९८२ देखि व्यवसायिक सवारी साधन र सन् १९९२ देखि यात्रुवाहक सवारी साधन बिक्री वितरण गर्दै आएको छ । त्यससँगै कम्पनीले सन् २००० देखि एक्साइड ब्याट्री र सन् २००२ देखि मक लुब्रिक्यान्टको व्यापार गर्दै आएको छ ।

सिप्रदीले चार आफ्नै सोरूम, १४ डिलर र देशभरका बिक्री केन्द्रमार्फत बिक्री नेटवर्क सञ्चालन गर्छ । कम्पनीले सवारीसाधन बाहेक ब्याट्री, लुब्रिकेन्ट्स पनि बिक्री वितरण गर्दै आएको छ । यसका साथै विभिन्न कार्यशाला सेवाबाट पनि आम्दानी हुने कम्पनीले जनाएको छ ।

सिद्धार्थ राणा अध्यक्ष रहेको कम्पनीले अल्पकालीन कर्जाका लागि १३ अर्ब ७५ करोड रुपैयाँको रेटिङ गराएको छ ।

 

 

प्रकाशित मिति : २३ कार्तिक २०८२, आईतवार १६:४२   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।