Logo

समाचार

मेलम्ची खानेपानीको अवरोध हटाउन हेलम्बु गाउँपालिकाका अध्यक्षलाई कुलमानको आग्रह



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा भइरहेको अवरोध हटाउन हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई आवश्यक पहल गर्न आग्रह गरेका छन् ।

विगतका सम्झौता कार्यान्वयनको माग राख्दै प्रभावितहरूले मुहान बन्द गरेपछि काठमाडौँ उपत्यकामा खानेपानी आपूर्ति रोकिएको छ । मन्त्री घिसिङले समस्या वार्ता र छलफलबाट समाधान गर्न सरकार तयार रहेको बताउँदै जतिसक्दो छिटो पानी आपूर्ति सुचारु गर्न सहयोग मागेका हुन् ।

अध्यक्ष शेर्पाले सरकारले विगतका सम्झौता कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै जग्गा तथा घरभाडा, भुक्तानी, सडक निर्माण र पानी बिक्रीबाट हेलम्बु विकासका लागि हिस्सा उपलब्ध गराउनुपर्ने माग दोहोर्याएका छन् ।

सरकारले समस्या समाधान गरी छिटो मेलम्चीबाट काठमाडौँमा पानी ल्याउन पहल अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार १३:४३   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।