जनकपुरधाम । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध एमालेबाहेकका दलहरूले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । ७४ जना सांसदको हस्ताक्षरसहित दर्ता गरिएको रिटको पेसी बुधबारका लागि तोकिएको छ ।
संविधानको धारा १६८(३) बमोजिम गठन गरिएको सरकारविरुद्ध कांग्रेस, जसपा नेपाल, माओवादी केन्द्र र लोसपाले संयुक्त रूपमा रिट दायर गरेका हुन् ।
गत आइतबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा (एकीकृत समाजवादी) का नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । उनले महोत्तरीको पानस होटलमा शपथ ग्रहण गराएकी थिइन्, जसप्रति अन्य दलहरूले आपत्ति जनाएका छन् ।





















प्रतिक्रिया