काठमाडौं । डेडिकेटेड तथा ट्रंकलाइन बक्यौताको किस्ता तिर्न अर्को कम्पनी पनि आएको छ ।
नेपाल विद्युत् प्राधिकरणको ट्रंक प्रयोगकर्ता जगदम्बा सिन्थेटिक पहिलो किस्ता तिर्न आएको हो ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार, पहिलो किस्ता तिरेपछि विद्युत् लाइन जडानको लागि कर्मचारी खटाइएको छ ।
जगदम्बा सिन्थेटिकको २० करोड ५० लाख ४३ हजार रुपैयाँ बढी बक्यौता छ ।
उक्त रकमको २८ किस्ताअनुसार ७३ लाख २२ हजार रुपैयाँ बक्यौता बुझाएको सिलवालले जानकारी दिए ।




















प्रतिक्रिया