Logo

अर्थ

टेलिकमले पहिलो त्रैमासिकको आम्दानी ८ अर्ब ६७ करोडबढी



काठमाडौं । नेपाल टेलिकमले आव २०८२र८३ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै कुल सञ्चालन आय ८ अर्ब ६७ करोड ९५ लाख १५ हजार रुपैयाँ कमाएको । गत वर्षको सोही अवधिको तुलनामा ६ लाख ७१ हजार रुपैयाँ (०.०१ प्रतिशत ) कम हो । गत आर्थिक वर्षको सोही अवधिमा टेलिकमको कुल सञ्चालन आय ८ अर्ब ६८ करोड १ लाख ८६ हजार रुपैयाँ थियो ।

कम्पनीको चालु आर्थिक वर्षको प्रथम त्रैमासिकसम्म टेलिकमको कुल आय ९ अर्ब ४७ करोड १० लाख ५१ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा १० अर्ब ६ करोड ३७ लाख ३५ हजार रुपैयाँ थियो । यस आर्थिक वर्षको पहिलो त्रैमासिकसम्म नेपाल टेलिकमको कुल आय अघिल्लो वर्षको तुलनामा ५९ करोड २६ लाख ८५ हजार रुपैयाँले घटेको हो ।

कम्पनीको ब्याज, कर, मूल्यह्रास लगायत ४ अर्ब ७५ करोड ४ लाख ७१ हजार रुपैयाँमा रोकिँदा गत वर्षको तुलनामा १२.२९ प्रतिशतले कमी आएको टेलिकमले जनाएको विवरणमा उल्लेख छ ।

कम्पनीका अनुसार यस आर्थिक वर्षको प्रथम त्रैमासिकसम्म कर अघिको मुनाफा २ अर्ब ८८ करोड २१ लाख १६ हजार रहेको छ । उक्त रकम गत आर्थिक वर्षको सोही अवधिको कर अघिको मुनाफा ३ अर्व ५५ करोड ३६ लाख ९४ हजारको तुलनामा ६७ करोड १५ लाख ७८ हजारले कमी भएको हो ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार ०८:५३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।