Logo

अर्थ

मेचीनगरका ४६ जना किसानलाई कृषि औजार वितरण



मेचीनगर नगरपालिकाले ४६ जना किसानलाई रु १४ लाख बराबरका कृषि औजार वितरण गरेको छ । नगरपालिकाद्वारा आज आयोजित कार्यक्रममा ४३ जना किसानलाई कुटी काट्ने उपकरण, एक जनालाई एउटा कम्बाइन मिल र दुई जनालाई काउम्याट वितरण गरिएको हो ।

विशेष गरेर व्यावसायिक रूपमा पशुपालन गरेका किसानलाई ती औजारले राहत पुग्ने नगरप्रमुख गोपाल बुढाथोकीले विश्वास व्यक्त गरे । उनले मेचीनगर-७ को ‘राई बङ्गुर फार्म’का सञ्चालक रविन राईलाई एउटा कम्बाइन मिल, मेचीनगर-२ का हरिभक्त चापागाईँलाई चार वटा काउम्याट र मेचीनगर-४ को ‘उपकार कृषि फार्म’का सञ्चालक सन्तोष राईलाई १६ वटा काउम्याट प्रदान गरिएको जानकारी दिए ।

मेचीनगर-११ का १०, मेचीनगर-१० का तीन, मेचीनगर-५ र २ का एक/एक, मेचीनगर-८ का नौ, मेचीनगर-३ का १६ र मेचीनगर-१५ का तीन जनालाई कुटी काट्ने मेसिन प्रदान गरियो ।

कार्यक्रममा मेचीनगर-३ का किसान विनोद थापाले नगरपालिकाले कृषि क्षेत्रमा काम गरेका किसानलाई दिएको औजारले पशुपालनमा सहज हुने बताए ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार २२:०२   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।