Logo

अर्थ

फर्स्ट माइक्रोफाइनान्सको १.८६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा



 

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ८६ हजार ४३३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले ३ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
यो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २८० रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।
इच्छुक संस्थापक सेयरधनीले ज्ञानेश्वरमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी के कति दरमा खरिद गर्न चाहेको हो उल्लेख गरी आवेदन पेस गर्नुपर्नेछ । सूचना प्रकाशित भएको ३५ दिनभित्र यस्तो आवेदन दिनुपर्नेछ ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलवार ०८:५९   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।