नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। भारतबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार डिजेल प्रतिलिटर १ रुपैयाँ ४४ पैसाले सस्तो भएर आएपछि निगमले उपभोक्ता बिक्री मूल्य प्रतिलिटर १ रुपैयाँले कम गरेको हो।
नवीनतम मूल्य संरचना लागू भएपछि अब डिजेल, मट्टितेलको मूल्य पहिलो वर्गका क्षेत्रमा १४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४५ रुपैयाँ, तेस्रो वर्गमा १४६ रुपैयाँ रहेको निगमले जनाएको छ।
नयाँ दरहरू आइतबार राति १२ बजेपछि लागू हुनेछन्। हवाई इन्धनमा भने मूल्य वृद्धि भएको छ।
भारतबाट मूल्य ५ रुपैयाँ ६२ पैसाले बढेर आएपछि आन्तरिक उडानका लागि हवाई इन्धनको मूल्य प्रतिलिटर १२८ रुपैयाँबाट १३४ रुपैयाँ पुगी संशोधन गरिएको छ।
अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंका लागि हवाई इन्धन मूल्य प्रति किलोलिटर ४२ अमेरिकी डलरले बढाइएको निगमले उल्लेख गरेको छ।




















प्रतिक्रिया