Logo

अर्थ

दराज ११.११ : वर्षकै सबैभन्दा ठूलो सेलले नयाँ कीर्तिमान



नेपालको सबैभन्दा प्रतिक्षित अनलाइन किनमेल पर्व दराज ११.११ – द बिगेस्ट सेल अफ द ईयर यस वर्ष पनि अभूतपूर्व सफलता हासिल गर्दै नयाँ कीर्तिमान स्थापित गरेको छ।

नोभेम्बर १० (कार्तिक २४) राति ८ बजेदेखि सुरु भएको यो मेगा सेलले सन् २०२५ मा आयोजित सबै दराज अभियानको तुलनामा २६% बढी अर्डर, उल्लेखनीय ट्राफिक वृद्धि र नयाँ उपभोक्ताको उच्च सहभागिता दर्ज गरेको दराजले जनाएको छ।

यस वर्षको प्रमुख आकर्षण भनेकै प्रामाणिक र भेरिफाइड उत्पादनहरूका लागि दराज एपभित्र उपलब्ध दराजमल हो। प्रिमियम ब्रान्डहरूको सहज पहुँच मिलाउने यो प्लेटफर्मले २५% बढी आम्दानी, १.४ गुणा बढी बिक्री र ६५% बढी प्रोडक्ट पेज भिजिट दर्ता गर्दै नयाँ बेन्चमार्क कायम गर्न सफल भयो।

बलियो सप्लाई–चेन, प्रतिस्पर्धात्मक मूल्य र प्रामाणिक वस्तुको बढ्दो माग यस सफलताका प्रमुख कारण ठहरिएका छन्।

यी उपलब्धिहरूमध्ये सियाओमी, ब्राण्डहाउस, प्रोटिन नेपाल र एईबीबी चार दराजमल पार्टनरले असाधारण प्रदर्शन गरे। सियाओमीले ६.६ अभियानको तुलनामा १० गुणा बिक्री वृद्धि हासिल गर्दै “टेक पावर पर्फरमर” का रूपमा उभियो।

इसकी बेस्ट–सेलिंग लाइनअपमा विशेष मूल्य र उच्च भिजिबिलिटीले ३० लाखभन्दा बढी डिजिटल पहुँच प्राप्त भयो।

फेशन क्षेत्रमा ब्राण्डहाउसको प्रदर्शन झनै उल्लेखनीय रह्यो। १६२ नयाँ उत्पादनसहित अकर्षक हिउँदे कलेक्सन प्रस्तुत गर्दै ब्रान्डले ४.४ सेलको तुलनामा ३३३% बढी अर्डर दर्ता गर्यो, जसमा एडिदास एकल रूपमा ४५% योगदानकर्ता बन्यो।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलवार ०८:१६   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।