काठमाडौं । एनएमबी बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।
बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा १७.७१ प्रतिशतले घटेको हो।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकले १ अर्ब ६४ करोड ८६ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ३५ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
यस अवधिमा बैंकको नाफा घटे खुद ब्याज आम्दानी भने १२.१८ प्रतिशतले बढेर ४ अर्ब ७७ करोड १४ लाख ७६ हजार रुपैयाँ पुगेको छ।
यस्तै, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १५.२१ प्रतिशतले बढेर ६ अर्ब ५४ करोड ९२ लाख १२ हजार रुपैयाँ पुगेको छ।
तर, सञ्चालन मुनाफा भने १५.२९ प्रतिशतले घटेर २ अर्ब ५० करोड ९९ लाख ६८ हजार रुपैयाँमा झरेको छ।
यता खुद फि तथा कमिसन आम्दानी २१.१७ प्रतिशतले बढेर १ अर्ब ३४ करोड २९ लाख ८१ हजार रुपैयाँ रहेको छ।
यस्तै पुस मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ५६ करोड ४३ लाख १३ हजार रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ५ रुपैयाँ ८५ पैसा रहेको छ।
बैंकको इम्पेयरमेन्ट चार्ज भने ३४ करोड ४७ लाख ६५ हजार रुपैयाँबाट उल्लेख्य बढेर १ अर्ब ५५ करोड २२ लाख ३७ हजार रुपैयाँ पुगेको छ।
बैंकको खराब कर्जा पनि ३.९६ प्रतिशतबाट बढेर ४.५६ प्रतिशत पुगेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ६८ पैसाले घटेर १७ रुपैयाँ १० पैसामा सीमित भएको छ।
यस्तै, यस अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ ७५ पैसा र मूल्य आम्दानी अनुपात १३.९८ गुणा रहेको छ।
१९ अर्ब २८ करोड ५० लाख ४१ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १२ अर्ब ८१ करोड २५ लाख ४० हजार रुपैयाँ सञ्चित छ।
बैंकले पुस मसान्तसम्ममा २ खर्ब ९१ अर्ब ४४ करोड १० लाख ४२ हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३९ अर्ब ४७ करोड ६ लाख ४९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ।




















प्रतिक्रिया