काठमाडौं। हिमालयन बैंकले चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ।
विवरणअनुसार चालू आर्थिक वर्षको पुससम्म बैंकको मुनाफा करिब १५ प्रतिशतले घटेर १ अर्ब २९ करोड २६ लाख रुपैयाँ पुगेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा बैंकको यस्तो मुनाफा १ अर्ब ५१ करोड ८७ लाख थियो ।
बैंकको खुद ब्याज आम्दानी १०.१८ प्रतिशतले घटेर ४ अर्ब ७० करोड २३ लाख रुपैयाँमा रहेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा बैंकको उक्त आम्दानी ५ अर्ब २३ करोड ५६ लाख थियो।
बैंकको सञ्चालन नाफा ३ अर्ब १२ करोड ३३ लाखबाट घटेर १ अर्ब ८५ करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ।
बैंकको चुक्ता पुँजी २२ अर्ब ५८ करोड, वितरणयोग्य मुनाफा ९ अर्ब ७ करोड ३० लाख रुपैयाँ ऋणात्मक, खराब कर्जा ४.९८ प्रतिशतबाट बढेर ७.९६ प्रतिशत पुगेको छ।




















प्रतिक्रिया