Logo

अर्थ

नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न सम्पत्ति जफत गर्न ढिला गर्नु हुँदैन: अर्थमन्त्री खनाल



काठमाडौँ– अर्थमन्त्री डा. रामेश्वर खनालले नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी अपराधमा संलग्न व्यक्तिहरूको सम्पत्ति जफत गर्न ढिला गर्न नहुने बताएका छन्।

बुधबार सम्पत्ति शुद्धीकरण विभागले आयोजना गरेको कार्यक्रममा उनले सम्पत्ति शुद्धीकरणसम्बन्धि अपराधमा अपेक्षाकृत कार्य हुन नसकेको भन्दै यस्ता मुद्दाहरू छिटो टंग्याउने र सम्पत्ति जफत गर्नुपर्ने बताएका हुन्।

उनले अन्तर्राष्ट्रिय संस्थाहरू एफएटिएफ (फाइनान्सियल एक्सन टास्क फोर्स) र एपीजी (एसिया प्यासिफिक ग्रुप) का प्रतिनिधिहरूले नेपालको प्रगतिप्रति सन्तोषजनक नरहेको बताएको जानकारी दिए।

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी मामलामा अनुसन्धान एवं अभियोजन निकै फितलो देखिएपछि २०८१ को फागुनमा नेपाल ग्रे लिष्टमा परेको थियो। त्यसपछि नेपाल ग्रे लिष्टबाट निस्कनका लागि प्रयास गरिरहेको छ।

तर नेपालले प्रमाणहरू पुर्‍याउन नसकेको खनाललेब ताए।  ‘सम्पत्ति शुद्धीकरणको अपराध गरेकाहरुलाई सरकारले कारबाही गर्नैपर्छ। त्यो प्रमाण हामीले अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनैपर्छ।

तर अनुसन्धान, छानबिन र मुद्दा दायर गर्ने निकायहरूलाई त्यस्तो प्रमाण पेश सकेको अवस्था छैन’, खनालले भने।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार ०९:५५   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।