Logo

अर्थ

एकैदिन साढे २० हजारले घट्यो सुन, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । आज सुनचाँदीको मूल्य घटेकाे छ । सुनको मूल्य आज २० हजार ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कायम भएकाे छ ।

अघिल्लो दिन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो । उक्त मूल्य हालसम्मकै उच्च हो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला ७ हजार ५०५ रुपैयाँको ऐतिहासिक उचाईमा पुगेको चाँदीको मूल्य आज ४४० रुपैयाँले घटेर प्रतितोला ७ ह जार ६५ रुपैयाँमा काराेबार भईरहेकाे छ ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार ११:११   :  बजे

180
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।