काठमाडाैं । डिसहाेम इन्टरनेटले “Service on Door-SOD” अभियान सुरुवात गरेको छ ।
डिसहाेम इन्टरनेटले आफ्ना इन्टरनेट सेवाहरूलाई अझ सहज, छरितो र ग्राहक–केन्द्रित बनाउने उद्देश्यका साथ “SOD” अभियान औपचारिक रूपमा सार्वजनिक गरेको छ । उक्त अभियान बागमती प्रदेशअन्तर्गत थानकोट, चन्द्रागिरी क्षेत्रबाट माघ १५ गते देखि संचालन गरिएको छ ।
यस अभियानअन्तर्गत ग्राहकहरूले डिसहाेम इन्टरनेटको जडान तथा प्राविधिक सेवा आफ्नै घरमै प्राप्त गर्न सक्नेछन् ।
कम्पनीका अनुसार दक्ष प्राविधिक टोलीले ग्राहकको समय र सुविधालाई प्राथमिकतामा राख्दै घरमै पुगेर सेवा प्रदान गर्नेछन् । “SOD” अभियान काठमाडौं उपत्यकाबाट सुरु भई चरणबद्ध रूपमा देशका अन्य क्षेत्रमा समेत विस्तार गरिनेछ ।
अभियानअन्तर्गत वार्षिक रिचार्ज गर्ने ग्राहकलाई विशेष छुट तथा अतिरिक्त सुविधा प्रदान गरिने डिसहाेम इन्टरनेटले जनाएको छ । थप जानकारीका लागि ९८०१५४४००० नम्बरमा सम्पर्क गर्न सकिनेछ ।




















प्रतिक्रिया