Logo

अर्थ

हिमालयन लघुवित्तको नाफा बढ्यो, वितरणयोग्य मुनाफा कति?



काठमाडाैं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद ब्याज आम्दानी बढेसँगै नाफा वृद्धि भएको छ। संस्थाले चालु आवको दोस्रो त्रैमाससम्म ४ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ७१.६६ प्रतिशतले बढी हो ।

अघिल्लो आवको सोही अवधिसम्म संस्थाको खुद नाफा २ करोड ६० लाख रुपैयाँ थियो ।

यस्तै समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी पनि बढेको छ । संस्थाको खुद ब्याज आम्दानी २८.९६ प्रतिशतले बढ्दै १९ करोड ७७ लाख रुपैयाँ पुगेको छ । यो अवधिसम्म संस्थाले खुद शुल्क तथा कमिशन आम्दानीमार्फत २ करोड १ लाख रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवमा संस्थाले आर्जन गरेको २ करोड ९६ लाखको तुलनामा कम हो ।

संस्थाको खुद सञ्चालन आम्दानी १९ करोड ७८ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोही अवधिमा १७ करोड ४० लाखमा सीमित थियो ।

यो अवधिमा संस्थाको इम्पेयरमेन्ट चार्जका लागि २ करोड १९ लाख छुट्टाएको छ ।

अघिल्लो आवमा ३ करोड ८६ लाख रहेको संस्थाको रिटेन्ड अर्निङ घटेर ३ करोड ५६ लाखमा सीमित बनेको छ ।

ग्राहकहरुबाट १ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले ४ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । संस्थाको खराब कर्जा अनुपात ५.६२ प्रतिशतबाट बढेर ८.५८ प्रतिशत पुगेको छ । संस्थाको वितरणयोग्य मुनाफा ३ करोड ५६ लाख रुपैयाँ रहेको छ । यस्तै संस्थाको लाभांश क्षमता १६.१४ प्रतिशत रहेको छ ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) २६.२४ रुपैयाँ,मूल्य आम्दानी अनुपात ३३.८५ गुणा, प्रतिसेयर नेटवर्थ १४२.२२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १७६५.६६ रुपैयाँ र तरलता अनुपात १७.७४ गुणा कायम भएको छ ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार १०:३४   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।