काठमाडौं । सोमबार पनि सुनको मूल्य तोलामा १३ हजार ४०० रुपैयाँ घटेको छ ।
आज सुनकाे मूल्य २ लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आइतबार सुनकाे मूल्य तोलामा ३ लाख कायम भएको थियाे ।
यसैगरी चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा ५ हजार ५०० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर ५ हजार २०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।




















प्रतिक्रिया