काठमाडौँ । यतिबेला काठमाडौँ उपत्यकामा ग्यासको अभाव चर्किएको छ ।
बजारमा ग्यास नपाएपछि उपभोक्ताहरू रित्ता सिलिन्डर बोकेर बालाजुस्थित नेपाल ग्यास उद्योगको कार्यालयमै लाइन लाग्न पुगेका छन् ।
नेपाल आयल निगमले बजारमा अन्य ब्रान्डको अभाव नभएको र नेपाल ग्यासको मात्र आन्तरिक समस्याले काठमाडौँमा केही असहजता भएको दाबी गरिरहँदा उद्योगीले भने समस्या गहिरिँदै गएको बताएका छन् ।
यो समस्याको तत्कालीन कारण भारतीय रिफाइनरीको समस्या र खपत बढी भनिए पनि यसको मुख्य जड भने नेपालको आफ्नै ग्यास ढुवानी संयन्त्र (बुलेट) नहुनु र भारतले नेपाली बुलेट सञ्चालनमा अनुमति नपाउनु रहेको पाइएको छ ।




















प्रतिक्रिया