Logo

अर्थ

कामना सेवाको अविमोच्य असञ्चिति अग्राधिकार सेयर बाँडफाँड, १.९ गुणा बढी आवेदन



काठमाडाैं । कामना सेवा विकास बैंक लिमिटेडले निष्काशन गरेको ‘केएसबीबीएल ९ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ को बाँडफाँड माघ २१ गते एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौको प्राङ्गणमा सम्पन्न भएको छ ।

रु.३५ करोड रकमबराबरको यस अविमोच्य असञ्चिति अग्राधिकार सेयरका लागि उत्साहजनक रुपमा १.९ गुणा भन्दा बढी आवेदन प्राप्त भएको छ । जसले नेपाली पूँजी बजार तथा वित्तीय क्षेत्रमा लगानीकर्ताहरुको उच्च विश्वास र आकर्षणलाई प्रतिविम्वित गरेको बैंकले जनाएको छ ।

परिपत्र विधिमार्फत संस्थागत लगानीकर्ताहरु (बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी तथा सामुहिक लगानी कोष बाहेक) का लागि माघ १२ गतेदेखि १५ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा उक्त अवधिभर विभिन्न संघ संस्थाहरु मार्फत उत्साहजनक सहभागिता रहेको बैंकले जनाएको छ ।

अविमोच्य अवधि तथा वार्षिक ९% ब्याजदर (असञ्चिति) रहेको यस अविमोच्य असञ्चिति अग्राधिकार सेयर विकास बैंकहरुमा पहिलो पटक जारी गरिएको हो ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार १०:५१   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।