Logo

राजनीति

टाइम म्यागजिनको सय प्रभावशाली व्यक्तिको सूचीमा नेपालका प्रधानमन्त्री शाह



काठमाडौं। प्रतिष्ठित अमेरिकी पत्रिका टाइमले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई सन् २०२६ को विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश गरेको छ।

काठमाडौं महानगरपालिकाका मेयर हुँदै राष्ट्रिय राजनीतिमा तहल्का मच्चाएर प्रधानमन्त्री बनेका शाहलाई टाइमले विश्वका शक्तिशाली २४ नेताहरूको पंक्तिमा उभ्याएको छ।

प्रभावशाली व्यक्तित्वहरूको सूचीलाई अग्रणी कलाकार, दिग्गज, नवप्रवर्तक, आइकन, नेता र मार्गदर्शक गरी विभिन्न विधामा वर्गीकरण गरिएको छ, जसमा बालेनलाई नेताको सूचीमा समावेश गरिएको हो।

टाइमले बालेनको उदयलाई परम्परागत राजनीतिक दलहरूप्रतिको वितृष्णा र युवा पुस्ताको बलियो समर्थनको नतिजाका रूपमा व्याख्या गरेको छ।

इन्जिनियरिङ पृष्ठभूमि र सांगीतिक क्षेत्र (र्‍याप)बाट राजनीतिमा आएका उनको यात्रालाई म्यागजिनले ‘असाधारण’ भनेको छ।

सूचीमा बालेनसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनपिङ, र गुगलका सीईओ सुन्दर पिचाईजस्ता विश्वका प्रभावशाली व्यक्तित्वहरू छन्।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार ०९:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।