Logo

शेयर बजार

याम्बालिङ हाइड्रोपावरको आईपीओ बिक्री खुल्यो



काठमाडौं। याम्बालिङ हाइड्रोपावर कम्पनीले आजदेखि सर्वसाधारणलाई आईपीओ निष्कासन गरेको छ।

प्रथम चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँटड गरेपछि सर्वसाधारणलाई बिक्री खुलाएको हो।

कम्पनीले आफ्नो जारी पुँजी ७० करोडको ४० प्रतिशत अर्थात् २८ करोड बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल २८ लाख कित्ता आईपीओ जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ।

यसमध्ये ७ लाख कित्ता आयोजना प्रभावित र २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट भइसकेको छ।

बाँकी आईपीओमध्ये १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोष र ४२ हजार कित्ता कम्पनीमा कार्यरत कर्मचारीका लागि सुरक्षित गरी अन्त्यमा बाँकी रहन गएको १७ लाख ४३ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि जारी गरिएको हो।

यसमा आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम २१ हजार कित्तासम्म माग गर्न सकिनेछ।

आवेदन दिने अन्तिम मिति वैशाख २२ सम्म रहेको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल हो।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार ०७:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।