काठमाडौं । सत्ता स्वार्थमा ठूला तीन दललाई लोप्पा खुवाउँदै संसदमा उप–सभामु पद हर्क साङपाङ नेतृत्वको श्रमसंस्कृति पार्टीलाई दिएको रास्वपाले धोका खायो ।
श्रमसंस्कृति पार्टी संसदमा उप–सभामुख पाएको छ । तर, हर्क साङपाङले बालेन सरकारका कामको आलोचना बढी गर्दा संवैधानिक परिषद्मा सत्ता पक्षलाई उप–सभामुख रुवीना ठाकुरको साथ नहुने देखियो ।
बालेन सरकार आफै संघीय संसदमा बलियो भए पनि राष्ट्रिय सभामा साथ पाउने अवस्था छैन । कांग्रेस, एमाले भनेका यथास्थिति रुचाउने शक्ति भन्दै सँधै विरोधको सामना गर्नुपर्ने वातावरण सिर्जना गर्न चाहनेहरु पनि छन् ।
रवि लामिछानेले केपी ओलीको दमन र पीडा नियोजित रुपमा सहेका छन् । कहिले कहाँ हुन्छ थाहा हुँदैन । मन्त्रीले के गर्छन् सचिवले थाहा पाउँदैनन् ।
मुख्य सचिव त्यस्तै अन्यौलमा छन् । यस्तो मौनताभित्र संवैधानिक परिषद्मा राष्ट्रिसभा अध्यक्ष विपक्षी दलको नेता र उपसभामुले साथ नदिँदा सभामु र प्रधानमन्त्रीको केही लाग्दैन । त्यही कारण रास्वपाले मुद्दा पन्छाएको पाप सहनुपरेको हो ।
उप–सभामुख ठाकुर श्रमसंस्कृति पार्टीको कुनै पदमा छैनन् । तर, उनको निष्पक्षता कतै छैन । अँगार खाएर कालो निकाल्न सफल पुरातनवादी शक्तिहरुले ठाउँ खोज्नु नौलो कुरा होइन ।





















प्रतिक्रिया