Logo

कोशी प्रदेश

खुम्बु क्षेत्रमा रहेको यती माउन्टेन होममा आगलागी



एभेरेष्ट बेस क्याम्प रुट अन्तर्गत सोलखुम्बु जिल्लाको फाक्दिन स्थित यती माउन्टेन होममा आगलागी भएको छ ।

यती ग्रुपले सञ्चालन गरेको रिसोर्ट यती माउन्टेन होममा आज बिहान आगलागी भएको हो । उक्त होटल रुट भरिकै महँगो होटेलमा पर्छ । 

रिसोर्टबाट धुवाको मुस्लो निस्किरहेको हेलिकप्टरबाट देखिएको छ भने रिसोर्टमा आगो लागेको खबर आएको जिल्ला प्रहरी कार्यालय सोलखुम्बुले जनाएको छ ।

स्थानीय बासिन्दा र नजिकैको प्रहरी मिलेर आगो निभाउने प्रयास भइरहेको जनाएको छ । आगोबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ । 

प्रकाशित मिति : ७ मंसिर २०७७, आईतवार १२:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।