Logo

खेलकुद

सुरुवाती अग्रता जोगाउन नसक्दा जापान विश्वकपबाट बाहिरियो, ब्राजिल अन्तिम १६ मा



काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको रोमाञ्चक खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा जापान ब्राजिलसँग २–१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। जितसँगै पाँच पटकको विश्वविजेता ब्राजिल अन्तिम १६ मा प्रवेश गरेको छ।

ह्युस्टनमा सम्पन्न खेलमा जापानले २९औँ मिनेटमा काइशु सानोको गोलमार्फत अग्रता लिएको थियो। तर दोस्रो हाफमा ब्राजिलले उत्कृष्ट पुनरागमन गर्दै ५६औँ मिनेटमा कासेमिरोको हेडमार्फत बराबरी गोल फर्कायो।

खेल अतिरिक्त समयमा धकेलिने संकेत देखिइरहेका बेला ९०+५औँ मिनेटमा गाब्रिएल मार्टिनेलीले निर्णायक गोल गर्दै ब्राजिललाई २–१ को जित दिलाए।

यो जितसँगै ब्राजिलले राउन्ड अफ १६ मा स्थान सुरक्षित गरेको छ भने जापानको विश्वकप यात्रा नकआउट चरणमै टुंगिएको छ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलवार ००:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।