Logo

प्रमुख समाचार

बिमा र धितोपत्रसम्बन्धी कसुरमा फरार रिमाल



काठमाडौं । बीमा ऐन र धितोपत्र सम्बन्धी ऐन अन्तर्गतको कसूरमा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले रिमाललाई काठमाडौं महानगरपालिका- ७ सिफलबाट नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-७ का मृगेन्द्रनाथ रिमाल रहेका छन् । रिमाललाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको ब्युरोले जनाएको छ ।

उनलाई बीमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा दीपक भट्टसँग जोडिएको मुद्दामा पक्राउ गरिएको सीआइबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए ।

२८ जेठमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्दा उनी फरार थिए । फरार नै कायम गरी मुद्दा दायर गरिएको थियो ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहीबार १४:२१   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।