Logo

अर्थ

प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर कन्फ्रेन्स कार्यक्रम सम्पन्न, उत्कृष्ट कर्मचारी सम्मानित



काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ब्रान्च म्यानेजर कन्फ्रेन्स कार्यक्रम सम्पन्न भएको छ । चितवनमा साउन १४, १५, १६ र १७ गते गरी ४ दिन विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको हो ।

आर्थिक वर्ष २०८२/८३ को समीक्षा, नयाँ आर्थिक वर्ष २०८३/८४ रणनीति, आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्य गर्ने कर्मचारी, शाखा, शाखा प्रमुख, प्रदेश प्रमुखलाई सम्मान र पावर अफ माइन्ड सेट फर बिजनेस ग्रोथको तालिमका साथ कार्यक्रम सम्पन्न भएको हो ।

प्रभु महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रसाईले प्रभु महालक्ष्मी लाइफले आर्थिक वर्ष २०८२/८३ मा गरेको व्यवसाय अघिल्लो आर्थिक वर्षभन्दा राम्रो वृद्धिदर भएकाले सम्पूर्ण कर्मचारी, अभिकर्ता, बीमितलगायतलाई धन्यवाद व्यक्त गरे । उनले आगामी आर्थिक वर्षको व्यावसायिक रणनीतिका बारेमा प्रष्ट पार्दै ढुक्कले अघि बढ्न हौसलासमेत प्रदान गरे ।

कम्पनीका व्यवस्थापन, प्रदेश प्रमुखहरु, शाखा प्रमुखहरु, सेल्स एक्जुकेटिभ गरी देशैभरिबाट करिब २०० जनाको कार्यक्रममा उपस्थिति थियो । आर्थिक वर्ष २०८२/८३ उत्कृष्ट कार्य गर्ने प्रदेश प्रमुख, शाखा प्रमुख, सेल्स एक्जुकेटिभलगायतलाई विशेष सम्मान गरेको थियो ।

कार्यक्रममा आचार्य राजा बाबु साहको पावर अफ माइन्ड सेट फर बिजनेस ग्रोथ ट्रेनिङ सेसनले व्यावसायिक क्षमता वृद्धि गर्न ऊर्जा प्रदान गरेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रभु महालक्ष्मी लाइफका नायब प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले कम्पनीले आगामी दिनमा अझ ठूला सफलता प्राप्त गर्न विगतका अनुभवबाट सिकेर सुधार गर्दै अगाडी जानुपर्ने बताए ।

कम्पनीका नायब महाप्रबन्धक तथा नेसनल सेल्स हेड सोनबहादुर मगरले आर्थिक वर्ष २०८३।८४ को व्यावसायिक रणनीतिबारे प्रस्ट पारेका थिए ।

प्रकाशित मिति : १७ श्रावण २०८३, आईतवार १४:३३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।