Logo

अर्थ

मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघबीच व्यवसायिक सम्झौता



काठमाडाैं । मुक्तिनाथ विकास बैंक र नेपाल अधिराज्य भरी सामान ढुवानी सेवा प्रदान गरिरहेको व्यवसायीहरुको छाता संगठन ढुवानी व्यवसायी महासंघ नेपालबीच महासंघमा आवद्ध सदस्यहरुको व्यवसाय संचालनको लागि आवश्यक पर्ने कुनै पनि ब्राण्डको गाडी खरीद गर्न र व्यवसाय संचालनका लागि आवश्यक पर्ने व्यवसायिक कर्जा लगानी गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र महासंघको तर्फबाट अध्यक्ष माधव प्रसाद नेपालले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार महासंघमा आवद्ध सदस्यहरुले ढुवानीको लागि आवश्यक पर्ने गाडी खरीद गर्न र सो सम्बन्धी व्यवसाय संचालनको लागि मुक्तिनाथ विकास बैंकले आफ्नो १७६ वटै शाखा कार्यालयबाट आकर्षक सहुलियत व्याजदरमा कर्जा सुविधा उपलब्ध गराउने छ ।

यस सहकार्यबाट ढुवानी व्यवसायीहरुले आफनो सेवा विस्तारको लागि सहज रुपमा वित्तीय सेवा प्राप्त गर्न सक्ने तथा व्यवसाय विस्तारमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

साथै बैंकले हाल अटो कर्जा, कृषि र एसएमइज कर्जामा समेत न्युनतम व्याजदरमा कर्जा प्रबाह गर्ने विशेष अफर ल्याएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार ११:२९   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।