Logo

अर्थ

यती पेन्ट्सद्वारा भोटेकोशी बाढी प्रभावितलाई ११ लाख ११ हजार सहयोग



काठमाडौं । यती पेन्ट्स नेपालले भोटेकोशी बाढी प्रभावितको खोजी, उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ ।

रसुवाको भोटेकोशीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि प्रभावित नागरिकको सहयोगका लागि सामाजिक उत्तरदायित्वअन्तर्गत रकम प्रदान गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अध्यक्ष झलकबहादुर केसीले प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि सहयोग गरिएको बताए ।

यती पेन्ट्सले बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार १२:१५   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।