Logo

अर्थ

हिमालयन बैंकद्वारा विपद् प्रभावितका लागि ३ करोड १ लाख सहयोग



काठमाडाैं । हिमालयन बैंक लिमिटेडले रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, सहायता तथा पुनर्स्थापनाका लागि ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो ।

१० भदौमा बिहान रसुवा जिल्ला हुँदै बग्ने भोटेकोसी नदीमा अचानक गेग्रानसहित आएको बाढीका कारण भोटेकोसी र त्रिशूली नदी किनारका साथै अन्य क्षेत्रका नागरिक प्रभावित भएका छन् ।

बैंकले उक्त अप्रत्याशित घटनाबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । घटनाले बैंक तथा बैंक परिवारलाई समेत अत्यन्तै मर्माहत बनाएको जनाएको छ ।

बैंकले दुःखद् घडीमा प्रभावित सबैलाई धैर्य धारण गर्न आग्रह गर्दै आवश्यक सहयोग तथा उद्धार कार्यमा जुट्न सम्बन्धित सबैमा अपिल गरेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार १३:२७   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।