Logo

अर्थ

प्रधानमन्त्री दैवी उद्धार कोषमा ७ अर्ब ८८ करोड बढी रकम संकलन



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले ‘प्रधानमन्त्री दैवी उद्धार कोष’मा हालसम्म ७ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ जम्मा भएको जानकारी दिएका छन् । भदौ १७ गते बुधबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले विपद् व्यवस्थापनका लागि कोषको मौज्दात र निकासा सम्बन्धी विवरण सार्वजनिक गरे ।

प्रधानमन्त्री शाहकाअनुसार सरकारले विपद् व्यवस्थापन र राहत कार्यलाई प्रभावकारी बनाउन राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा १ अर्ब रुपैयाँ निकासा गरिसकेको छ ।

प्राधिकरणलाई पठाइएको उक्त १ अर्ब रुपैयाँमध्येबाट हालसम्म विभिन्न १५ वटा पालिकाका नाममा ६ करोड ७५ लाख रुपैयाँ निकासा भइसकेको उनले बताए ।

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार १३:४३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।