काठमाडौं । भोटेकोसी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित परिवारलाई यशोदा फुड्सले राहत सामग्री वितरण गरेको छ।
बाढीका कारण विस्थापित भई विभिन्न स्थानमा आश्रय लिइरहेका प्रभावितलाई कम्पनीले सहयोगस्वरूप ‘करेन्ट’ चाउचाउ वितरण गरेको हो।
कम्पनीका अनुसार बाढी प्रभावित क्षेत्रअन्तर्गत बन्द्रे, विदुर, गेर्खु, चोकटे, बेत्रावती, देवीघाटलगायतका स्थानमा पुगेर राहत सामग्री वितरण गरिएको हो।
त्यसैगरी विभिन्न होल्डिङ सेन्टरमा रहेका बाढी प्रभावित तथा विस्थापित परिवारलाई समेत चाउचाउ उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
बाढीपछि दैनिक उपभोग्य वस्तुको अभाव भइरहेका बेला प्रभावित परिवारलाई तत्काल राहत पुगोस् भन्ने उद्देश्यले खाद्य सामग्री वितरण गरिएको यशोदा फुड्सले जनाएको छ।
विपद्को समयमा प्रभावित समुदायसँगै उभिनुपर्ने सामाजिक उत्तरदायित्वअन्तर्गत राहत वितरण गरिएको कम्पनीको भनाइ छ।
बाढीबाट प्रभावित क्षेत्रमा अहिले पनि उद्धार, राहत र पुनःस्थापनाका काम जारी छन्। विस्थापित परिवारलाई सुरक्षित स्थानमा राखेर आवश्यक खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउने क्रम पनि चलिरहेको छ।
यशोदा फुड्सले आगामी दिनमा समेत विपद् प्रभावित नागरिकको आवश्यकता र अवस्थालाई मध्यनजर गर्दै सहयोगलाई निरन्तरता दिने जनाएको छ।
















प्रतिक्रिया